२०७८ असार १०, बिहीबार

img-responsive

१२:०६:४४

 

रिया चक्रवर्ती बनिन् २०२० को सबैभन्दा मनमोहक महिला

गोठालो खबर
गोठालो खबर -१ २०७८ जेठ २४, साेमबार,०४:०४:PM  
img-responsive

एजेन्सी, २४ जेठ । बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई गएको वर्ष खासै राम्रो भएन । उनी प्रेमी तथा अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि र लागुऔषध प्रकरणमा जेलसम्म जानुपर्‍यो ।  

गएको वर्ष उनको सबै ध्यान मुद्दा मामिलामा बिताउनु परेकोले धेरै फिल्मबाट बाहिरिएकी थिइन् । अब भने उनको लागि खुसीको खबर आएको छ । द टाइम्सले ५० मोस्ट वान्टेड महिला २०२० को सूचीमा रियाको नाम पनि समावेश गरेको थियो । गएको वर्ष उत्कृष्टमा पर्ने कलाकारहरूलाई यो वर्ष पछि पार्दै रिया सबैभन्दा मनमोहक महिलाको १ नम्बरमा पर्न सफल भएकी हुन् । यो वर्ष टाइम्सले अनलाइन सर्वेक्षणबाट प्राप्त भएको भोटमार्फत चयन गरेको जनाएको छ ।

सुशान्तको मृत्युपछि फिल्म उद्योग र मिडियामा रियालाई नराम्रो तरिकाले सिकार बनाइएको थियो । उनले आफू सुशान्तको प्रेमिका भएको स्वीकार गर्दै आएकी छिन् । यो वर्ष रियाले दीपिका पादुकोण र दिशा पटानीलाई पछाडि पारेकी छिन् । एडलाइन क्यास्टेलिनो (मिस युनिभर्स २०२० को तेस्रो रनर अप) दोस्रो नम्बरमा छिन् भने दिशा पटानी तेस्रो नम्बरमा, कियारा आडवाणी चौथो र दीपिका पादुकोण पाँचौँ नम्बरमा छिन्।

यसैगरी यस सूचीमा क्याट्रिना कैफ, जैकलिन फर्नांडीज, अनुप्रिया गोयंका, रुही सिंह र अवत्री चौधरी क्रमशः छैटौँ, सातौँ, आठौँ, नवौँ र दशौंमा छन्।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit