२०७८ असार १०, बिहीबार

img-responsive

१२:३०:५३

 

पाकिस्तानमा २ रेल एक आपसमा ठोक्किँदा झन्डै ३० जनाको मृत्यु

गोठालो खबर
गोठालो खबर -१ २०७८ जेठ २४, साेमबार,०३:५६:PM  
img-responsive

कराची, २४ जेठ । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा सोमबार २ रेल एक आपसमा ठोकिदा झन्डै ३० जनाको मृत्यु भएको छ । भने दुर्घटनामा ५० जना घाइते भएको पाकिस्तानका रेलवे का प्रवक्तालाई उधृत गर्दै भारतीय मिडिया वेबदुनियाले जनाएको छ ।

अधिकारीको अनुसार कराचीबाट सरगोधा जाँदै गरेको ‘मिलात एक्सपे्रश’  र रावलपीडिंबाट कराचीतीर आइरहेको ‘सर सैयद एक्सपे्रश’ पटरियोमा एक आपसमा ठोकिएका हुन् ।

दुर्घटना सिन्धको घोटकी जिल्लाको धारकी सहर नजिक भएको हो। रेल दुर्घटना भएपछि घोटकी, धारकी, ओबारो र मीरपुर माथेलोको अस्पतालमा आपतकालिन अवस्था घोषणा गरिएको छ ।  

अधिकारीहरूले दुर्घटनामा पल्टिएका बोगी भित्र फसेका मानिसहरूलाई बाहिर निकाल्न पनि कठिनाइको भएको बताइरहेका छन् । अधिकारीहरूको अनुसार बोगीमा फसेका यात्रुहरूको उद्धार गर्न निकै कठिनाइ चुनौती भइरहेको छ।

अधिकारीहरूले दुबै रेलहरूमा १ हजार भन्दा बढी यात्रुहरू रहेको राहत र उद्धार को लागि अधिकारीहरू घटनास्थल पुगेका दाबी गरेका छन् । दुर्घटनाको बारेमा अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit