२०७८ असार १०, बिहीबार

img-responsive

१२:५८:०८

 

कंगना रनौटको कोरोना अनुभवः ‘रिपोर्ट नेगेटिभ आएपछि भाइरसले असली काम सुरु गर्छ’

गोठालो खबर
गोठालो खबर -१ २०७८ जेठ २३, आइतबार ,०५:०१:PM  
img-responsive

 

एजेन्सी, २३ जेठ । बलिउड अभिनेत्री कंगना रनौटले कोरोना संक्रमणमुक्त भएपछिको आश्चर्य लाग्दो अनुभव शेयर गरेकी छिन् । उनलाई केही दिन अगाडी संक्रमण पुष्टि भएको थियो । उनी हाल संक्रमणमुक्त भएपछि होमटाउन मनालीमा परिवारसँग बस्दै आएकी छिन् ।

कंगनाले एक भिडियोमार्फत कोरोना महामारीमा जीवनमा कहिल्यै नभोगेका अनुभव बटुलेको बताएकी छिन् । कंगनाले भनेकी छिन्, ‘कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि अब हरेक काम सजिलै गर्न सक्छु जस्तो लागेको थियो तर उल्टो भयो । म हिड्न खोज्दा लड्न थाले, ओछ्यानबाट उठ्नै सकिन्, बाहिर निस्कन सकिन । यो भाइरसले आनुवंशिक रुपले परिमार्जन गरिरहेको छ । जसले हाम्रो शरीरको प्रतिक्रियालाई बदल्दिन्छ ।’

उनले अगाडी भनेकी छिन्, ‘यसले हामीलाई गलत रिकवरी दिने भएकोले आर्गन फेल हुने र मानिस मर्ने गर्छन् । भाइरसले आक्रमण गरेपछि फुर्तिलो हुन निकै आवश्यक छ ।  यो भाइरसले नेगेटिभ रिपोर्ट आएपछि वास्तविक काम शुरु गर्छ ।’

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit