२०७८ असार ९, बुधबार

img-responsive

११:१४:०१

 

भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट

गोठालो खबर
गोठालो खबर -१ २०७८ जेठ २३, आइतबार ,०४:५५:PM  
img-responsive

एजेन्सी, २३ जेठ । भारतमा कोरोना संक्रमणदर कम हुँदै गएको छ । यद्यपि खतरा भने टरेको छैन् । फेरी एक नयाँ भेरियन्ट भेटिएको खुलाशा भारतीय मिडिया बेवदुनियाले गरेको छ । एजेन्सीको अनुसार भर्खरै भेटिएको नयाँ भेरियन्टले मानिसहरुको तौल कम गर्छ ।

यो भेरियन्ट सबैभन्दा पहिला ब्राजीलमा पत्ता लागेको थियो । योसँगै वैज्ञानिकहरुले अब भने ब्राजीलबाट भारतमा दुई भेरियन्ट आएको दाबी गरेका छन् । दोस्रो भेरियन्ट द्य.ज्ञ.ज्ञ.द्दड.द्द तिव्र रुपमा फैलिरहेको छ ।

मिडियाको रिपोर्ट अनुसार पुणेको नेशनल इस्टिटट्युट अफ बायोलोजीका वैज्ञानिकहरुले यो भेरियन्टको परीक्षण एक मुसामा गरेका थिए । यसको परिणाम आश्चर्य लाग्दो आएको हो । वैज्ञानिकहरुले यो भेरियन्टले मानिसको शरीरको तौल ७ दिन भित्रमा नै कम गर्ने दाबी गरेका छन् । यसको साथै यसले डेल्टा भेरियन्टले जस्तै प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउछ ।  

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit