२०७८ असार ९, बुधबार

img-responsive

११:५०:०८

 

भाजपाका नेताविरुद्ध राहत सामाग्री चोरीको आरोपमा मुद्दा दायर

गोठालो खबर
गोठालो खबर -१ २०७८ जेठ २३, आइतबार ,०४:५०:PM  
img-responsive

एजेन्सी, २३ जेठ । पश्चिम बंगालमा चुनाव सकिएपनि तृणमुल काँग्रेस र भारतीय जनता पार्टीबीचको झगडा अन्त्य भएको छैन । तृणमुल काँग्रेसले भाजपाका नेता शुभेंदु अधिकारी र उनका भाइ विरुद्ध नगरपालिकाबाट राहत सामाग्री चोरीको आरोपमा मुद्दा दायर गरेको भारतीय मिडिया बेवदुनियाले जनाएको छ ।

पश्चिम बंगालको कांथीमा टिएमसीले भाजपा का नेता शुभेंदु अधिकारी र उनका भाईविरुद्ध मुद्दा दायर गरेको हो । शुभेंदु पश्चिम बंगालको विधानसभाका विपक्षी नेता हुन् । अधिकारीले टीएमसीलाई छाडेर भाजपा प्रवेश गरेका थिए । उनले नंदीग्राम सीटबाट मुख्यमन्त्री टीएमसी सुप्रिमो ममता बनर्जीविरुद्ध चुनाव लडेर २०२१ को विधानसभामा विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit