२०७८ असार १०, बिहीबार

img-responsive

१२:१६:३३

 

४ वर्षदेखि गायन क्षेत्रमा लागेकी नेहा कक्कडको जन्मदिन आज

गोठालो खबर
गोठालो खबर -१ २०७८ जेठ २३, आइतबार ,०४:३८:PM  
img-responsive

एजेन्सी, २३ जेठ । भारतीय चर्चित गायिका नेहा कक्कडको आज ३२ औँ जन्म दिन हो । नेहालाई पहिलो पटक निर्देशक प्रीतमले म्युजिक क्षेत्रमा प्रवेश गराएका थिए । त्यसपछि नेहाले सैफ अली खानको फिल्म ककटेलमा गीत गाउने अवसर पाएसँगै उनको चर्चा चुलिएको थियो । उनी हाल बउिउडकी सबै भन्दा मन पर्ने गायिकाको रुपमा परिचित छिन् ।

नेहाको करियर उतार–चढावले भरिएको छ । उनले ४ वर्षको उमेरमा नै गीत गाउन सुरु गरेकी थिइन् । दिदी सोनु कक्कडसँग दुर्गा मां को जगराते गीत गाएकी थिइन् ।

नेहा इन्डियन आइडलमा २००५ मा १६ वर्षको उमेरमा भाग लिएकी थिइन् । उनको गायकीलाई सबैले मन पराए । त्यसपछि भने उनले म्युजिक क्षेत्रमा काम गर्न थालिन् । नेहालाई सैफको फिल्म ककटेलको गीत धेरैले मन पराएपछि  नेहालाई सफलता मिल्यो ।

नेहालाई युट्युबले डाइमण्ड अवार्ड पनि दिएको छ । उनको युट्युब च्यानलमा एक करोड भन्दा धेरै सब्सक्राइबर्स छन् । २०१७ मा नेहाले तनिष्क बग्चीको रिमिक्समा काम गर्न सुरु गरिन् । फिल्म सत्यमेव जयतेको ‘दिलबर’ दिलबर, आंख मारे, ओ साकी साकी, एक तो कम जिन्दगी जस्ता नेहाले गीत गाएकी छिन् ।  उनले गाएको सत्यमेव जयतेको ‘दिलबर’ बिलबोर्ड युट्युब म्युजिक चार्टमा तेस्रो नम्बरमा भारतको पहिलो गीत पुग्न सफल भएको छ ।  

नेहा कक्कड़ले सा गा गा मा लिल चैम्प्स र इन्डियन आइडल गायन रियलिटी शोको जर्ज भइरहेकी छिन् ।  नेहा कक्कड़ले धेरै फिल्महरूमा राम्रा गीत गाएकी छिन् । उनी सोशल मिडियामा पनि धेरै सक्रिय छिन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit