२०७८ असार ९, बुधबार

img-responsive

१०:४५:०१

 

नाडेप लघुवित्तको जेठ ७ गते स्थगित गरेको साधारण सभा आज

गोठालो खबर
गोठालो खबर -१ २०७८ जेठ २३, आइतबार ,०४:२८:PM  
img-responsive

काठमाडौं, २३ जेठ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको जेठ ७ गते स्थगित भएको छैठौ वार्षिक साधारण सभा आज हुँदैछ  । लघुवित्तको सभा रानीबन पार्टी प्यालेस एण्ड रेष्टुरेण्ट नागार्जुन, काठमाडौंमा भर्चुअल माध्यमबाट सभा गर्ने जनाइएको छ ।

कम्पनीको आज हुन गइरहेको कम्पनीको सभाले गत आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव गर्ने भएको छ ।

यो कम्पनीलाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले प्राप्ति गर्ने भएको छ । कम्पनीको शेयर कारोबार गत पुस १६ गतेदेखि रोक्का रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit