२०७८ असार १०, बिहीबार

img-responsive

१२:२२:४६

 

महामारीमा इन्धनको मूल्यवृद्धि भ्रष्ट सरकारको जनतालाई उपहारः नेबिसंघ महामन्त्री तिमल्सिना

गोठालो खबर
गोठालो खबर -१ २०७८ जेठ २३, आइतबार ,०१:५५:PM  
img-responsive

काठमाडौं, २३ जेठ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धीको नेपाल विद्यार्थी संघले विरोध जनाएको छ।

कोभिड–१९ को महामारीमा उपभोक्तालाई उपहार  स्वरूप भ्रष्ट केपी सरकारले पेट्रोलियम पदार्थमा गरेको  मूल्यवृद्धि प्रति घोर भर्त्सना गर्दै संघका महामन्त्री बलदेव तिमल्सिनाले आहतमा बेला राहत दिनुपर्नेमा ओली सरकार जनताको चुलो बन्द गराउने बाटोमा लागिरहेको बताएका छन् ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा शनिवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर दुई–दुई रुपैयाँ मूल्यवृद्धि गर्दै  पेट्रोल १२५, डिजल र मट्टितेल १०८ तथा हवाई इन्धन प्रतिलिटर ८० रूपैयाँ कायम भएबाट पुनःसबै क्षेत्रमा चर्को मूल्यवृद्धि हुने निश्चित भएको पनि तिमल्सिनाको तर्क छ ।

महामन्त्रीले प्रेस विज्ञप्तिमा लेखेका छन्, ‘स्वचालित मूल्य प्रणालीको हवाला दिइए पनि कालो बजारी र चुहावट नियन्त्रण, सङ्कट र महामारीको समयमा प्रयोग गर्न मिल्ने मूल्य स्थिरीकरण कोषमा सञ्चित रकमको उपयोग, अनावश्यक करहरूको शीर्षक कटौती तर्फ नेपाल आयल निगमले कुनै पहल नै नगरी निषेधाज्ञाकै बिचमा गत जेठ दुई गते भएको मूल्यवृद्धि माथि फेरि तत्काल वृद्धि गर्नु आपूर्ति मन्त्रालय  प्रधानमन्त्रीको जिम्मामा आएको दोस्रो दिनमा नै उपभोक्तालाई प्राप्त पहिलो उपहार हो भन्दै अत्यावश्यक बस्तु माथि पटकपटक गरिएको मूल्य वृद्धिले उपभोक्ताले चरम पिडा खेप्नुपरेको छ ।’

उनले भ्रष्टाचारमा लिप्त सरकार भ्रष्टाचारमा लिप्त भएको र जनतालाई दिनप्रतिदिन कष्ट दिइरहेको भन्दै उनले उक्त मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit