२०७८ असार १०, बिहीबार

img-responsive

१२:११:३९

 

मुद्दा दायरपछि दिशा पाटनीको बिकिनीको तस्बिर हङ्गामा

गोठालो खबर
गोठालो खबर -१ २०७८ जेठ २१, शुक्रबार,०५:३६:PM  
img-responsive

एजेन्सी, २१ जेठ । बलिउडका द्वय कलाकारहरू दिशा पाटनी र टाइगर श्राफविरुद्ध बिहीबार मुम्र्बइ प्रहरीले मुद्दा दायर गरेको छ । उनीहरूमाथि लकडाउनको नियम उल्लघंन गरेको आरोप लागेको छ । यस्तो समयमा पनि दिशाको आकर्षक तस्बिरले सामाजिक सञ्जालमा तहल्का पिटेको छ ।

दिशाले आफ्नो सामाजिक सञ्जालमा शेयर गरेको तस्बिरमा उनी पानीमा मस्ती गरेको देखिएको छ । बिकिनी लगाएकी दिशाले सूर्यास्तको नजिक पानीमा कपाल लहराएकी छिन् । उक्त आकर्षक फोटो राख्दै दिशाले पुरानो तस्बिर भएको उल्लेख गरेकी छिन् । सधैँ सामाजिक सञ्जालमा सक्रिय रहेको दिशा पाटनीले बोल्ड तस्बिर शेयर गर्दै आफ्ना फ्यानहरुलाई खुसी बनाउँदै आएकी छिन् । दिशा पछिल्लो समयमा फिल्म राधेमा सलमानसँग रोमान्स गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit