२०७८ असार ९, बुधबार

img-responsive

१०:३८:०१

 

'ओ’ रक्त समूहका मानिसलाई कोरोनाले कम असर गर्ने

गोठालो खबर
गोठालो खबर -१ २०७८ जेठ २१, शुक्रबार,०४:३७:PM  
img-responsive

एजेन्सी, २१ जेठ । प्रत्येक व्यक्तिको एउटा रगतको समूह हुन्छ । कोरोना भाइरसले केही रक्तसमूहका मानिसहरूलाई प्रभाव कम पार्छ  भने केही रक्त समूहका मानिसहरूलाई गम्भीर असर पार्ने तथ्याङ्क एक अनुसन्धानबाट पत्ता लागेको हो ।

यो संजय गान्धी स्नातकोत्तर आयुविज्ञान संस्थानका प्रो. अतुल सोनकरलाई उधृत गर्दै भारतीय मिडिया दैनिक जागरणले एबी र बी रक्त समूहका मानिसहरू कोरोना भाइरसबाट विशेष सचेत हुनुपर्ने जनाएको छ । जागरणको अनुसार यी रक्तसमूहका मानिसहरूलाई कोरोना संक्रमणले धेरै गम्भीर प्रभाव पार्न सक्छ ।

प्रो.सोनकरले काउन्सिल अफ साइन्टिफिक एण्ड इंडस्ट्रियल रिसर्चबाट एबी र बी रक्त समूहको मानिसहरूले कोरोनाबाट धेरै जोखिम हुने भन्दै सचेत हुनुपर्ने दाबी गरेका छन् । अनुसन्धानबाट ओ रक्तसमूहमा कोरोना भाइरसको सबैभन्दा कम असर हुने पत्ता लागेको छ । यो रक्त समूहका धेरै मानिसहरूलाई एसिम्प्टोमैटिक हुन्छ र हल्का लक्षण देखिन्छन् । ओ रक्तसमूहको मानिसहरूलाई कोरोना भाइरसको कम प्रभाव पर्छ र होम आइसोलेसनमा नै धेरै हदसम्म ठिक हुन्छ ।

यो रिपोर्ट यस सेरो–पोजेटिभ सर्वेक्षणको डाटाको आधारमा तयार गरिएको हो। यसमा भारतका १० हजार व्यक्तिबाट डाटा लिएर १४० डाक्टरहरूको टोलीले यसलाई विश्लेषण गरेको हो । प्रतिवेदनले शाकाहारीहरू भन्दा मांसाहारी मानिसहरूलाई कोरोना भाइरस संक्रमण हुने खतरा बढी भएको देखाएको छ ।

प्रा. सोनकरका अनुसार सबै कुरा  व्यक्तिको आनुवंशिक संरचनामा निर्भर गर्दछ। एउटा परिवारको एक जना व्यक्तिले आफूलार्ई जोगायो भने सबै जना सदस्य जोगिन्छन् ।

ओ रक्त समूहका व्यक्तिले लापरबाही गर्नु नहुने विशेषज्ञको तर्क छ । यो समूहको प्रतिरक्षा प्रणाली कोरोना भाइरसको विरुद्ध र एबी र बी समूहको भन्दा बलियो हुन्छ तर, यो रक्त समूहका मानिसहरूले कोभिड प्रोटोकल अनुसरण गर्न भने छाड्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit