२०७८ असार ९, बुधबार

img-responsive

११:३३:४७

 

 खोप लगाई सुरक्षित भएकाहरूले राष्ट्रपतिको विरोध गर्ने ? : सुर्य थापा

गोठालो खबर
गोठालो खबर -१ २०७८ जेठ २१, शुक्रबार,०२:५१:PM  
img-responsive

काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीका पे्रस सल्लाहकार सुर्य थापाले राष्ट्रपतिको विरोध गर्नेहरूलाई पाखण्डीपनको संज्ञा दिएका छन् ।  थापाले आफू र परिवारका सबैले खोप लगाई सुरक्षित भएकाहरूले राष्ट्रपतिको विरोध गरिरहेको भन्दै यस्तो टिप्पणी गरेका हुन् ।

उनले ४ करोड खोप चाहिन्छ भन्दै राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको तहबाट विश्वभर आफ्ना समकक्षीसँग भएका पहल सार्थक भइरहेको पनि उल्लेख गरेका छन् । थापाले सामाजिक सञ्जालमा लेखेका छन्,   "तथ्याङ्क लेख्न उचित लागेन:
हामीलाई ४ करोड डोज खोप चाहिन्छ, त्यसनिम्ति राष्ट्रपति,प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको तहबाट विश्वभर आफ्ना समकक्षीसँग भएका पहल सार्थक भइरहेका छन्।
 आफू र परिवारका सबैले खोप लगाई सुरक्षित भएकाहरूले राष्ट्रपतिको विरोध गर्ने पाखण्डीपन त प्रकट भएकै छ।"

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit