२०७८ असार ९, बुधबार

img-responsive

११:४७:०५

 

आज देखि गुगल फोटोजमा अनलिमिटेड स्टोरेजको सुविधा अन्त्य हुँदै

गोठालो खबर
गोठालो खबर २०७८ जेठ १८, मङ्गलबार,११:०१:AM  
img-responsive

काठमाडौँ, १८ जेठ। आजदेखि गुगलले गुगल फोटोजबाट अनलिमिटेड स्टोरेजको सुविधा हटाउँदै छ । अब हाई क्वालिटी तथा एक्सप्रेस क्वालिटीका सम्पूर्ण नयाँ फोटो तथा भिडियो ब्याकअपलाई गुगल अकाउन्टमै आउने फ्री १५ जीबी स्टोरेजमा गणना हुने गरी स्टाेरेज पाेलिसी कार्यान्वयनमा आउन लागेको हो । याेसँगै गुगल अकाउन्टमा १५ जीबीभन्दा बढी स्टाेरेजकाे सुविधा हुनेछैन ।

यसअघि गुगल फाेटाेजका लागि अनलिमिटेड स्टाेरेज सुविधा थियो । अब गुगल फाेटाेजसँगै, जीमेल र गुगल ड्राइभमा १५ जीबीसम्मका लागि मात्र निःशुल्क उपलब्ध हुनेछ । यसपछि गुगल फाेटाेजमा निरन्तर फोटो र भिडियो ब्याकअप राख्न पैसा तिर्नुपर्छ । १५ जीबीभन्दा बढी फाइल ब्याकअप राख्दै हुनुहुन्छ भने तपाईंले एक महिनाका लागि १.९९ डलर र एक वर्षका लागि १९.९९ डलर तिर्नुपर्ने हुन्छ ।

यो शुल्कमा तपाईंले १०० जीबीसम्म फाइल स्टाेर गर्न सक्नुहुन्छ । यदि गुगलको पिक्सेल फोन चलाउनुहुन्छ भने तपाईं चैँ भाग्यमानी बन्नुहुनेछ । किनकि पिक्सेल फोन प्रयोगकर्ताले जून महिनापछि पनि निरन्तर अनलिमिटेड स्टोरेजको मज्जा लुट्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit