२०७८ असार १०, बिहीबार

img-responsive

१२:३६:५०

 

नोकिया ब्लुटुथ इयरपिस बजारमा आउने

गोठालो खबर
गोठालो खबर २०७८ जेठ १८, मङ्गलबार,१०:४५:AM  
img-responsive

काठमाडौँ, १८ जेठ। नोकियाले ब्लुटुथ इयरपिस ल्याउने भएको छ । बिजीनेश ओरियन्टेड ब्लुटुथ इयरपिसको रूपमा कम्पनीले बजारमा नयाँ उत्पादन सार्वजनिक गर्ने तयारी गरेको हो । यस बारेमा एफसीसी सर्टिफिकेशनले हालै एउटा फोटो सार्वजनिक गरेको छ । जुन पुरानो मोडलको इयरपिस जस्तो रहेको छ ।

हेर्दा केही ठूलो र एउटा कानमा मात्रै लगाउने खालेको उक्त हेडसेट कम्पनीको बीएस–११० मोडल जस्तै देखिएको छ । तर, त्यसमा केही परिवर्तन भने गरिएको छ । जसमा उक्त हेडसेट केही घुमाउरो र मल्टिफङ्सन बटनका साथ आउने देखिएको छ । फिङ्गर टचमा आधारित उक्त एयरपिसको साइडमा दुई वटा की रहेको छ । जसमार्फत साउण्ड बढाउन र घटाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit