२०७८ असार ९, बुधबार

img-responsive

११:५४:३८

 

८ मिनेटमै ब्याट्री फुल हुने साओमीको नयाँ चार्जर

गोठालो खबर
गोठालो खबर २०७८ जेठ १८, मङ्गलबार,१०:२०:AM  
img-responsive

काठमाडौँ, १८ जेठ। साओमीले २०० वाट क्षमता भएको चार्जरको प्रदर्शनी गरेको छ । कम्पनीले हालै ट्वीटरमा गरेको ट्वीटमा याे चार्जरबाट ८ मिनेटमै ब्याट्री फुल भएको देखाइएको छ । साथै कम्पनीले १२० वाटकाे वायरलेस चार्जर पनि ल्याएको छ ।

वायर्ड र वायरलेस दुवै चार्जिङ प्रविधिमा यी उपकरण हालसम्मकै उच्च क्षमताको मानिएको छ । ४ हजार एमएएच ब्याट्री क्षमता भएको साओमी मि ११ प्रो स्मार्टफोनमा यी चार्जरकाे परीक्षण गरिएको थियो । यसअन्तर्गत वायर्ड चार्जरबाट ८ मिनेटमै ब्याट्री फुल भएको तियो भने वायरलेस चार्जरबाट १५ मिनेटमा फुल चार्ज भएको तियो ।

१० प्रतिशत चार्ज हुन वायर्ड चार्जरबाट ४४ सेकेण्ड लागेको तियो भने वायरलेस चार्जरबाट एक मिनेट समय लागेको तियो । व्यावसायिक रूपमा यो चार्जर बजारमा ल्याउनेबारे हाल कम्पनीले कुनै जानकारी दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit