२०७८ असार १०, बिहीबार

img-responsive

१२:४०:०९

 

श्रीकृष्णलाई कसले दियो बाँसुरी ?

गोठालो खबर
गोठालो खबर -१ २०७८ जेठ १७, साेमबार,०७:४६:PM  
img-responsive

एजेन्सी, १७ जेठ । द्वापर युगको समयमा जब भगवान् श्री कृष्णले धर्तीमा जन्म लिए तब देवी–देवताहरू रूप बदलेर समय–समयमा उनलाई भेट्न धर्तीमा आउन थाले । यसै क्रममा भगवान् शिवलाई पनि कृष्णसँग भेट्न मन लाग्यो र उत्सुकता देखाए ।

कृष्णलाई भेट्न जाँदा के उपहार लैजाने भनेर सोच्न थाले । शिवले कृष्णलाई पनि मन पर्ने र सधैँ उनको साथमा हुने वस्तुको खोजी गरे । सोही समयमा शिवको साथमा ऋषि दधीचिको महाशक्तिशाली हड्डी थियो । । ऋषि दधीचि महान् ऋषि हुन् । जसले धर्मको लागि आफ्नो शरीर त्यागेका थिए । उनले आफ्नो शक्तिशाली शरीरको सबै हड्डी दान गरेका थिए । उनकै हड्डीको सहायताले विश्वकर्माले तीन धनुष पिनाक, गाण्डीव, सारङ्ग तथा इन्द्रको वज्रको निर्माण भएको थियो ।

शिवले सोही हड्डीलाई काटकुट गरे एक सुन्दर एवं मनोहर बाँसुरीको निर्माण गरे । शिव भगवानले श्री कृष्णलाई भेट्न गोकुल पुगेर श्री कृष्णलाई उपहार स्वरूप बाँसुरी (वंशी) प्रदान गरेका हुन् । उनले आशीर्वाद सहित बाँसुरी दिएपछि भगवान् कृष्णले उक्त बाँसुरी आफूसँग राख्न थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit