२०७८ असार १०, बिहीबार

img-responsive

१२:२४:५१

 

१४ हजार केन्द्रमा पुग्यो निःशुल्क इन्टरनेट: तीन अर्ब खर्च

गोठालो खबर
गोठालो खबर २०७८ जेठ १७, साेमबार,०७:१४:PM  
img-responsive

काठमाडौँ, १७ जेठ। देशैभरका विभिन्न किसिमका सरकारी केन्द्रहरूमा ब्रोडब्यान्ड इन्टरनेट जडान गर्ने काम करिब अन्तिम चरणमा पुगेको छ । करिब १६ हजार त्यस्ता केन्द्रहरूमा ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउने योजना अनुसार अघि बढाइएको परियोजना अन्तर्गत वैशाखसम्म १३ हजार ७ सय केन्द्रहरूमा जडान भइसकेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

विभिन्न १८ ओटा प्याकेजमा छुटाइएको यो परियोजना अन्तर्गत स्थानीय निकायको कार्यालय, वडा कार्यालय, माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा इन्टरनेट जडान गर्ने कार्यक्रम राखिएको छ । प्राधिकरणका अनुसार वैशाखसम्म ६३१ स्थानीय निकायको कार्यालयमा इन्टरनेट जडान भइसकेको छ । त्यस्तै ५ हजार ६७ वडा कार्यालय, ३ हजार ५ सय ६५ स्वास्थ्य संस्था र ४ हजार ४३७ माध्यमिक विद्यालयमा इन्टरनेट जडान सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ । यसरी जडान गरिएको इन्टरनेट सम्बन्धित केन्द्रहरूले दुई वर्षसम्म निःशुल्क प्रयोग गर्न पाउँछन् ।

प्राधिकरणका अनुसार यो परियोजनाको ८५.७२ प्रतिशत भौतिक प्रगति हासिल भइसकेको छ ।परियोजनाका लागि छुटाइएको ५ अर्ब ६७ करोड रुपैयाँमध्ये हालसम्म दुई अर्ब ९८ करोड रुपैयाँ खर्च भइसकेको पनि प्राधिकरणले जानकारी दिएको छ । कुल वित्तीय विनियोजनमध्ये यो ५२.५२ प्रतिशत वित्तीय प्रगति रहेको प्राधिकरणले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit