२०७८ असार ९, बुधबार

img-responsive

११:०९:२०

 

यस वर्षको एसईई परीक्षा आन्तरिक मूल्याङ्कनबाट हुने

गोठालो खबर
गोठालो खबर -१ २०७८ जेठ १७, साेमबार,०५:२०:PM  
img-responsive

काठमाडौं, १७ जेठ । यस वर्षको एसईई परीक्षा आन्तरिक मूल्याङ्कनबाट हुने भएको छ । शिक्षा मन्त्रालयको आज बसेको बैठकले एसईई परीक्षाको आन्तरिक मूल्याङ्कन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने भएको हो । मन्त्रिपरिषदले निर्णय गरेपछि गत वर्षकै विधि आन्तरिक मूल्याङ्कनबाट हुनेछ ।

मन्त्रालयको आजको बैठकले गत वर्षकै आन्तरिक मूल्याङ्कन विधि अनुरूप परीक्षा गराउने प्रस्ताव मन्त्रिपरिषद्लाई पठाउने निर्णय गरेको हो । अघिल्लो वर्ष पनि विद्यालयको पहिलो त्रैमासिक अवधिको मूल्याङ्कन १० प्रतिशत, दोस्रो अवधिको ३० प्रतिशत र शैक्षिक सत्रको अन्त्यसम्मका सबै विषयको मूल्याङ्कन बाट नतिजा तयार गरिएको थियो । गत वर्ष पनि मन्त्रिपरिषदको बैठकले एसईईको परीक्षा नगर्ने निर्णय गरेको थियो ।

एसईई परीक्षाको विकल्पमा आन्तरिक मूल्याङ्कनलाई मान्यता दिइने ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिएका दिएका थिए । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मन्त्रिपरिषद बैठकमा एसईई परीक्षाको विकल्पका रूपमा आन्तरिक मूल्याङ्कन प्रस्ताव गरेपछि मन्त्रिपरिषदले पारित गरेको थियो ।

कोरोना भाइरसको संक्रमणका कारण यस वर्ष पनि एसईई परीक्षा हुन नसकेको हो । 

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit