२०७७ माघ १५, बिहीबार
०७:३८:३२
२९ जेठ, २०७७। सरकारविरुद्ध बालुवाटारमा विशाल विरोध प्रदर्शन भएको छ । प्रहरीले पानीको फोहोरा र अश्रुग्यास को सहारा लिएर प्रदर्शनकारीलाई तितरवितर पारिदिएको छ ।
सरकारले कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा को प्रक्रिया पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोकि पिसीआर गर्नुपर्ने, जनता माथि को अनावश्यक कर खारेज गर्नुपर्नेमाग राखेर सरकारविरुद्ध विशाल प्रदर्शन गरेको हो ।
लकडाउन पछी यति धेरै संख्यामा प्रदर्शन भएको पहिलो पटक हो । उनीहरुले दुई दिन अघि पनि बालुवाटारमा सरकारविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका थिए । प्रदर्शनमा दिन प्रतिदिन प्रहरीले बल प्रयोग गरिरहेको छ ।
निषेधित क्षेत्रमा प्रदर्शन गरेकाले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको जानकारी पनि पाइएको छ ।