२०७८ असार ९, बुधबार

img-responsive

११:३९:३५

 

शान्तिका दूत भगवान् बुद्धका अनुकरणीय १२ अनमोल बचनहरू

गोठालो खबर
गोठालो खबर -१ २०७८ जेठ १२, बुधबार,०६:४०:PM  
img-responsive

आज २५ सय ५६ औं बुद्ध जयन्ती हो । आजको दिनलाई भगवान् बुद्धको जन्मोत्सवको रूपमा मनाइन्छ । आजकै दिन बुद्धले बुद्धत्व प्राप्त गरेका थिए । हिन्दु धर्मालम्बीहरुको लागि बृद्व विष्णुको नवौँ अवतार हुन् । हिन्दुहरूको लागि आज पवित्र दिन मानिन्छ । भगवान् बुद्ध विश्वभर शान्ति र अहिंसाको पर्वतक मानिन्छन् । उनी बौद्ध धर्मको संस्थापक पनि हुन् । उनै शान्तिका दूत बृद्वका १२ अनमोल बचनहरुः

अतीतलाई ध्यान नदिनु, भविष्यको बारेमा नसोच्नु र आफ्नो दिमागलाई वर्तमान समयमा केन्द्रित गर्नुहोस् ।

जो कोही जानीजानी झुट बोल्न लाज मान्दैन भने उसले कुनै पनि पाप गर्न सक्छ, त्यसैले आफूले हाँसी मजाक गर्दा पनि कहिल्यै झुट बोल्नुहुँदैन ।
संसार एक हो धेरै होइन ।
सत्यवाणी अमृतवाणी हो, सत्यवाणी नै सनातन धर्म हो । सत्य, भलाई र सधर्ममा सदैव दृढ रहन्छ ।
असत्यवादी र दुर्भावपूर्ण जो छन्, तिनीहरू नरकमा जान्छन् ।
जसले जानीजानी झुट बोल्न लाज लाग्दैन उसको भक्ति भाँडा जस्तो मात्र हो ।
सभा वा परिषद्मा कसैसँग झुट नबोल्नुहोस् । अरूलाई पनि झुट बोल्न प्रेरित नगर्नुहोस् । असत्यलाई परित्याग गर्नुपर्छ ।
जीवनमा हजारौँ युद्ध जिते बराबर आफैमाथि विजय प्राप्ति गर्नु हो । यो जित आफ्नै हो कसैले छिन्न सक्दैन ।
हजारौँ खाली शब्द भन्दा राम्रो एक शब्द हुन्छ, त्यो हो शान्ति ।
सन्तोष सबैभन्दा ठुलो धन हो । इमानदारिता सबैभन्दा ठुलो सम्बन्ध हो । स्वास्थ्य सबैभन्दा ठुलो उपहार हो ।
जब हामी क्रोधित हुन्छौ, तब हामी सत्यको मार्ग छोड्छौ ।
यदि हामीले मोक्ष प्राप्त गर्न चाहन्छौँ भने आफूले नै मेहनत गर्नुपर्छ । आफैमा निर्भर हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit