२०७८ असार ९, बुधबार

img-responsive

११:४१:०८

 

पुनः नयाँ गीत लिएर झुल्किए फुलारा

गोठालो खबर
गोठालो खबर -१ २०७८ जेठ ६, बिहीबार,०५:४७:PM  
img-responsive

काठमाडौं, ६ जेठ । युवा साहित्यकार एवं गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘म मरे भनेत यो सहरको डेरामा...’ सार्वजनिक भएको छ । बाबुल गिरीको स्वर, सङ्गीत र सङ्गीत संयोजन रहेको गीतको म्युजिक भिडियो गीतकार फुलाराको आफ्नै आधिकारिक युट्युब च्यानल फुलारा इन्टरटेनमेन्ट नेट्वर्क मार्फत सार्वजनिक गरिएको हो ।

‘फुलारा लिट्रेचर फाउण्डेशन नेपाल’ र ‘द ल अफिसेस अफ बाशु डी. फुलारा पि.सि.’को संयुक्त सहकार्यमा निर्माण गरिएको उक्त गीतको पोष्ट प्रोडक्शन ‘बि स्क्वायर मिडिया’ र रेकर्डिङ ‘द पिक स्टुडियो’मा भएको हो । सङ्गीत सागर मगरव्दारा निर्देशित सो म्युजिक भिडियोमा संवाद लेखन जनकराज खकुरेलको रहेको छ । त्यसैगरी ध्वनि मिश्रण दिनेश राजवाहक, छायाङ्कन तथा सम्पादन विश्वास भण्डारी, मेकअप क्रितिका श्रेष्ठको रहेको छ भने बाँसुरीमा सञ्जीव मैनाली, गितारमा राहुल बिकले गीतलाई थप कारुणिक बनाएका छन् ।

‘अहिलेको विषम परिस्थिति र विश्वभरि आक्रान्तभइ फैलिएको ९कोभिड १९० को महामारीको चपेटामा परि कष्टकर जीवन बिताइरहेका आम नागरिक तथा मुलुक वा मुलुक बाहिर सपनाको संसार सजाउन हिँडेका युवापिढी जो सहरका डेरामा बसी क्रूरता जीवन भोगिरहेका छन् त्यस्तो जनजीवनलाई लक्षित गरी गीत मार्फत उजागर  गरेको छु’ गीतकार फुलाराले भने । उनको यसअघि आमाहरूमा समर्पित गीत ‘जुनसरी बिलाई गयौ।।’, कोरोना कहर विशेष ‘कस्तो भाइरस आयो...’ जस्ता गीतहरू सार्वजनिक भइसकेका छन् । साहित्यिक फाँटमा उहाँले ‘नफापेको मान्छे’ (उपन्यास), पाठकहरूले सर्वाधिक मन पराएको उपन्यास ‘टुहुरो कुण्डली’ अंग्रेजी र नेपाली संस्करण, नेपाली भाषा र साहित्यको इतिहास ‘त्यहाँ देखि यहाँसम्म’ आदि कृति पाठकमाझ पस्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit