२०७७ कात्तिक १५, शनिबार

img-responsive

१०:५२:०८

 

नेपालको संवैधानिक विकासक्रम बारे उल्लेख गर्नुहोस । (लोकसेवा दर्पण )

img-responsive
नरेन्द्र पराजुली , २०७७ साउन १०, शनिबार,०४:००:AM  
img-responsive

           (लोकसेवा दर्पण )

            विषयगत 

नेपालको संवैधानिक विकासक्रम बारे उल्लेख गर्नुहोस ।

राष्ट्रको शासन व्यवस्था निर्धारण गर्ने मूल दस्तावेज संविधान हो । नेपालको संवैधानिक विकास क्रमको सुरुवात वि.स. २००४ को संविधानबाट भएको पाईन्छ । सातवटा संविधान निर्माण भईसकेको सन्दर्भमा नेपालको संवैधानिक विकासक्रमलाई निम्नानूसार उल्लेख गर्न सकिन्छ ,

१.  नेपाल सरकार वैधानिक कानून २००४

    नेपालको पहिलो लिखित संविधान
    मौलिक हक तथा कर्तव्यको व्यवस्था
    शक्तिको स्रोत र कार्यकारीणि अधिकार श्री ३ मा हुने
    प्रधान जाँचकी र दरखास्त परिषद गरि २ वटा संवैधानिक अंगको व्यवस्था
    संविधान संशोधन साधारण कानून सरह हुने 

२.  नेपालको अन्तरीम शासन विधान २००७

    पहिलो लागू भएको संविधान
    प्रजाको शासन विधान परिषदबाट हुने प्रस्तावनामा नै उल्लेख
    कार्यकारिणी अधिकार श्री ५ मा हुने
    मौलिक हक तथा राज्यको नीति निर्देशक सिद्धान्तको व्यवस्था
    महालेखा परिक्षक, लोकसेवा आयोग र निर्वाचन आयोग गरि ३ वटा संवैधानिक अंगको व्यवस्था

३. नेपाल अधिराज्यको संविधान २०१५

    संवैधानिक राजतन्त्रको व्यवस्था
    लोकसेवा आयोग, महालेखापरिक्षक र निर्वाचन आयोगलाई संवैधानिक अंगको मान्यता
    अवशिष्ट अधिकार श्री ५ मा रहने व्यवस्था
    न्यायिक पूनरावलोकनको व्यवस्था
    कार्यकारिणी अधिकार श्री ५ मा निहित
    संसदिय व्यवस्थाको परिकल्पना

४. नेपालको संविधान २०१९

    दलविहिनताको व्यवस्था
    मौलिक कर्तव्य र हकको व्यवस्था
    कार्यकारिणी अधिकार श्री ५ मा रहने
    पञ्चायत प्रणालीका निर्देशक सिद्धान्तको व्यवस्था
    संकटकालिन अधिकार श्री ५ मा हुने

५. नेपाल अधिराज्यको संविधान २०४७

    सार्वभौमसक्ता जनतामा निहित
    संवैधानिक राजतन्त्रको व्यवस्था
    संसदिय शासन प्रणालीको व्यवस्था
    बहुदलिय प्रजातन्त्रको व्यवस्था
    न्यायिक पूनरावलोकनको व्यवस्था
    आधारभूत मानव अधिकारको सुरक्षाको व्यवस्था
    संविधानलाई मूल कानूनको रुपमा स्वीकार गर्ने

६.नेपालको अन्तरिम संविधान २०६३

    सार्वभौमसक्ता र राजकीयसक्ताको बास्तविक प्रयोग नेपाली जनताबाट हुने
    समावेशी सिद्धान्तमा आधारित संविधान
    राज्यको दायित्वको स्पष्ट किटान 
    राष्टिय मानवअधिकार आयोगलाई संवैधानिक अंगको रुपमा मान्यता

७. नेपालको संविधान २०७२

    संविधानसभाबाट निर्मित पहिलो संविधान
    सार्वभौमसक्ता र राजकियसक्ता नेपाली जनतामा निहित
    संघ, प्रदेश र स्थानीय गरि ३ तहको राज्य संरचना
    समावेशी सिद्धान्तमा आधारित 
    प्रयाप्त मौलिक हक, निर्दैशक सिद्धान्त र नागरिक कर्तव्यको व्यवस्था

अन्त्यमा,

संविधान राजनीतिक सहमतिको कानूनी दस्तावेज हो । यो समयको परिवर्तन र जनताको मागलाई सम्बोधन गर्न समयानूकुल  हुनु जरुरी छ । नेपालमा सात दशकमा सात वटा संविधान परिवर्तन भई सेकेका छन । तसर्थ संविधान निर्माण गर्दा सबै वर्ग, क्षेत्र, लिङ्गको सहभागितामा निर्माण गरिनुपर्छ जसबाट जनताको बास्तविक अपनत्वबोध सृजना भई चिरस्थायीत्व पाउन सक्छ ।

                   

        (वस्तुगत  / सामान्य ज्ञान )

१.    २०७६ चैत्र ११ गते देखि सुरू भएको बन्दाबन्दी (Lock down) कहिले बाट खुला भयो ?

  • विःसं २०७७ श्रावण ६ गते मध्यरात देखी

२.  आःवः ०७७-०७८ को मौद्रिक नीति कहिले सार्वजनिक भयो ?

  • विःसं २०७७-४-२ मा

३. प्रोटोकल १८ के संग सम्बन्धीत छ ?

  • मानब अधिकार 

४. हाल रेडियो नेपाल बाट कति भाषामा समाचार प्रसारण हुन्छ ?

  • २१ भाषा

५. नेपाल न्यून आय भएका मुलुकहरूको सूचि बाट मध्यम आय भएका मुलुकहरूको सूचिमा कहिले स्तरोन्नती भयो ?

  • विःसं २०७७-३-१८ (2020/July/2)

६. सार्क (SAARC) वडा पत्रमा कति धारा छन ?

  • १० धारा 

७. समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने विश्वको पहिलो देश कुन हो ?

  • नेदरल्याण्ड 

८. ब्याबसायिक शिक्षाको सुरूवात गर्ने राजा को हुन ?

  • जयस्थिती मल्ल 

९. नेपामा कति हिम श्रींखला रहेका छन ?

  • २८

१०.  छालाको मुद्रा प्रचलनमा ल्याउने राजा को हुन ?

  • सिद्धिनरसिंह मल्ल 

११. सौर्य मण्डलको सबै भन्दा ठुलो उपग्रह कुन हो ?

  • गेनिमेड

१२. “हतार छ हतार छैन” कृतिका लेखक को हुृन ?

  • भिष्म उप्रेती

१३. भुटानको राष्ट्रिय खेल कुन हो ?

  • धनुषवाण

१४. १३ औँ साग खेलकुदमा नेपालका तर्फ बाट कति खेलाडीले सहभागिता जनायका थिए ?

  • ५९६ जाना 

१५. बाह्रौ रष्ट्रिय जनगणना २०७८ को लोगो र नारा कहिले सार्बजनिक भयो ?

  • विःसं २०७६ -७-३ मा

१६. नेपाल बाट सम्मानार्थ नागरिकता पाउने पहिलो विदेशी को हुन ?

  • एडमण्ड हिलारी

                समाप्त 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com