२०७७ कात्तिक १०, साेमबार

img-responsive

०७:२२:१३

 

सांसद सरीता गिरीलाई जनता समाज बादी पार्टीको चेतावानी

img-responsive
गोठालो खबर २०७७ जेठ २९, बिहीबार,०८:३७:PM  
img-responsive

२९ जेठ २०७७। जनता समाजवादी पार्टीले आफ्नो सांसद सरिता गीरिलाई निर्देशन  गरेको छ । संघिय संसदमा जेष्ठ २८ गते दर्ता गरिएको नेपालको संबिधानको दोस्रो संसोधनमा संसदिय दलको निर्देशन बिना सरिता गीरिले संसोधन प्रस्ताव हालेपछि फिर्ता लिन उनको पार्टी जनता समाजवादी पार्टीले उनीलाई भनेको छ । यदि सांसद गीरिले संसोधन प्रस्ताव, निर्देशन पश्चात पनि फिर्ता नलिएमा कारवाही गर्ने जनएको छ ।  यद्यपी उक्त पार्टी दर्ता भईसके पनि निर्वचन आयोगमा दल सुचिकृत भई नसकेको ले पुरानै लेटरहेड को प्रयोग गरेको जनाएको छ । 

सांसद गीरी नेपालले आफ्नो छुटेको लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितका भूभाग  समेटेर नक्शा जारी गरे पछि यो विषयलाई लिएर बिवादित् अभिव्यक्ति दिदै आएकी थिईन् । उनिले भारतलाई नसोधी एक तर्फ नक्शा जारी गरेको भन्दै संसद मै बोलेकी थिईन ।

त्यसै गरि एक टेलिभिजन अन्तर्वार्ता मा यस विषयलाई लिएर भारत संग यूद्द नै निम्तन सक्ने सम्मका अभिव्यक्ति दिएकी थिईन । नेपालको सार्वभौम विपरीत बोल्ने अधिकार कसै संग नभएको र उक्त अभिव्यक्ति पश्चात उनको सर्वत्र  आलोचना भएको थियो । अन्ततः जनता समाजवादी पार्टीले ढिलै भए पनि उनीलाई कारबाहीको चेतवानी दिएर ठिक गरेको भनाई रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com