२०७८ असार १०, बिहीबार

img-responsive

१२:३३:३५

 

भारतमा चक्रवर्ती तुफानको असरः मुम्बई जलमग्न, भारी वर्षाको चेतावनी

गोठालो खबर
गोठालो खबर -१ २०७८ जेठ ३, साेमबार,०७:३०:PM  
img-responsive

एजेन्सी, ३ जेठ । भारतको मुम्बई लगायत केही स्थानमा भारी वर्षा भएको छ ।  मौसम विभागको अनुसार केही घण्टा मुम्बईमा भीषण वर्षा हुने भएको छ । मौसम विभागले पानीसँगै तीव्र गतिमा हावा पनि चल्ने बताएको छ ।

विभागले आगामी केही घण्टाका लागि ‘टोक्टे’ चक्रवातको केन्द्र मुम्बईबाट १६० किलोमिटर पर समुन्द्रमा हुने जनाएको छ । यस चक्रवातको प्रभावले रायगढ, पालघर, मुम्बई, ठाणे तथा रत्नागिरीमा तीव्र गतिमा हावा चलिरहेको छ भने पानी पनि परिरहेकोले मुम्बई जलमग्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit