२०७८ असार ९, बुधबार

img-responsive

११:२४:५३

 

‘पेट्रोलियम पद्वार्थको मूल्यवृद्धि गर्नु भ्रष्ट सरकारको जनता मार्ने नियत हो’

गोठालो खबर
गोठालो खबर -१ २०७८ जेठ ३, साेमबार,०१:३३:PM  
img-responsive

काठमाडौं, ३ जेठ । कोरोना महामारीको बिचमा पनि पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि प्रति नेपाल विद्यार्थी संघले रोष प्रकट गरेको छ ।

नेबिसंघका महामन्त्री बलदेब तिमल्सिनाले कोरोना महामारीको कहरले नागरिक मरिरहेको भयावह अवस्थाले जनजीवन अत्यन्तै कष्टकर बन्दै गइरहेको अवस्थामा जनताको ढाड सेक्न भ्रष्टाचारमा लिप्त सरकारले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णयको घोर भर्त्सना गरेका छन् ।

तिमल्सिनाले आइतबार राती एक विज्ञप्ति जारी गर्दै महामारीको यो समयमा रोजगार, आय–आम्दानी र अवसर गुमेको स्थितिले आफू र आफ्नालाई बचाउने कसरी भन्ने सङ्कटपूर्ण अवस्थामा पनि सरकारले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय प्रति आपत्ति जनाएका हुन् ।

महामन्त्री तिमल्सिनाले आइतबार राति जारी गरेको प्रेश विज्ञप्ति भनिएको छ, ‘जनतालाई राहत र सहुलियतको जरुरी रहेको समयमा अन्य विकल्प तर्फ कुनै चासो नै नदिई नेपाल आलय निगमले आइतबार  राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल÷मट्टितेल तथा हवाई इन्धन (आन्तरिक उडान) को साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बढाइएको छ भने अब पेट्रोल १ सय २३,  डिजेल÷मट्टितेल १ सय ६ र हवाई इन्धन ७८ प्रतिलिटर उपभोक्ताले तिर्नुपर्ने छ,यसबाट जनतामाथि झन् चरम शोषण हुने स्थिति पैदा भएको छ ।’

उनले उपभोक्तालाई चरम पिडा दिनेगरी नेपाल आलय निगमले अत्यावश्यक उपभोग्य बस्तु पेट्रोलियम पदार्थ माथि  गरेको मूल्यवृद्धि तत्काल फिर्ता गर्न र  पटक पटकको चर्को मूल्यवृद्धि र भ्रष्ट, जनतामारा सरकारको ज्यादती विरुद्ध खबरदारी गर्न सबैमा अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit