२०७८ असार ९, बुधबार

img-responsive

११:४८:३७

 

वाणिज्य बैंकहरुको निषेधाज्ञामा निक्षेप र कर्जा लगानी संकलनमा वृद्धि

गोठालो खबर
गोठालो खबर -१ २०७८ वैशाख २९, बुधबार,०१:४४:PM  
img-responsive

काठमाडौं, २९ बैशाख । नेपालमा कोरोना संक्रमणदर उच्च स्थानमा पुगेको छ । दैनिक ९ हजार जना नयाँ संक्रमित थपिएका छन् । सरकारले संक्रमण नियन्त्रण र रोकथामको लागि काठमाडौं उपत्यका लगायत केही जिल्लाहरूमा निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञामा पनि वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी बढेको छ । निषेधाज्ञा जारी भएको एक हप्ताको अवधिमा बैंकहरुको निक्षेप संकलन १० अर्ब र १५ अर्ब कर्जा लगानी बढेको नेपाल बैंकर्स संघले जनाएको छ ।

बैकहरुले ३९ खर्ब ३३ अर्ब रुपैयाँ बैशाख २४ गतेसम्म संकलन गरेका छन् भने ३६ खर्ब ९ अर्ब रुपैयाँ बैशाख २४ गतेसम्ममा कर्जा लगानी गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit