२०७८ असार १०, बिहीबार

img-responsive

१२:१३:०३

 

बीमा कम्पनीहरु जेठ १३ गतेसम्म बन्द हुने

गोठालो खबर
गोठालो खबर -१ २०७८ वैशाख २९, बुधबार,०१:३९:PM  
img-responsive

काठमाडौं, २९ बैशाख । बीमा कम्पनीहरु जेठ १३ गतेसम्म बन्द हुने भएका छन् । मंगलबार उपत्यकाका तीन जिल्लाहरूको प्रमुख जिल्ला अधिकारीहरूको सम्पन्न भएको बैठकले बीमा कम्पनीहरु बन्द गर्ने निर्णय गरेपछि सो कम्पनीहरु पनि जेठ १३ गतेसम्म बन्द हुने भएका हुन् ।

प्रजिअ को आजको बैठकले अत्यावश्यक सेवाका बाहेक सरकारी कार्यालय, संस्थान, बीमा कम्पनीहरूको सेवा प्रवाह स्थगन गर्न र गर्नै पर्ने भए न्यूनतम कर्मचारीको उपस्थितिमा संचालन गर्न निर्णय गरेको हो ।

यसैगरी, पार्टी प्यालेसमा विवाह, भोज तथा व्रतबन्धजस्ता कार्यक्रममा १० जना भन्दा बढी सहभागी हुन रोक लगाउने बैठकले निर्णय गरेको छ । पहिला बिहान ७ देखि ९ बजेसम्म मात्र पसल खुलाउन पाउने व्यवस्था गरेकोमा आजदेखि १० बजेसम्म पसल खोल्न दिने निर्णय गरेको छ । यसैगरी, उपत्यकाभित्रका अत्यावश्यकबाहेक अन्य सबै कार्यालय बन्द गर्ने, निजी निर्माणको लागि सवारी साधन चलाउन नदिने पनि बैठकबाट निर्णय भएको छ ।

उपत्यकामा कोरोना संक्रमणदर तीव्र रूपमा बढ्दै गएपछि काठमाडौं, भक्तपुर र ललितपुरमा पहिलो पटक बैशाख १६ गतेदेखि एक हप्ताको लागि सरकारले निषेधाज्ञा लागु गरेको थियो । दोस्रो पटक २२ गतेदेखि एक हप्ताको लागि थप गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit