२०७८ असार ९, बुधबार

img-responsive

११:२९:२०

 

नेप्सेद्वारा दुई कम्पनीको शेयर मूल्य समायोजन

गोठालो खबर
गोठालो खबर -१ २०७८ वैशाख २९, बुधबार,०१:१७:PM  
img-responsive

काठमाडौं, २९ बैशाख । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले अपि पावर कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयर मूल्य बुधवार समायोजन गरेको हो ।

नेप्सेको अनुसार अपि पावरको २९ दशमलव ३८ प्रतिशत हकप्रद शेयर र एभरेष्ट इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनस शेयर मूल्य समायोजन गरेको हो ।  

अपि पावरको मंगलबार भएको अन्तिम कारोबार मूल्य ३५३ रुपैयाँको आधारमा २९६ रुपैयाँ नयाँ मूल्य तोकेको हो । कम्पनीले आज एक दिन बुक क्लोज गर्ने भएको छ । साधारण सभाको मिति नतोकिए पनि आज बुक क्लोज गरेको हो । बैंकको शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

यसैगरी, एभरेष्ट इन्स्योरेन्सको मंगलबार भएको अन्तिम कारोबार मूल्य ७७८ रुपैयाँको आधारमा ७२० रुपैयाँ नयाँ मूल्य तोकेको छ । इन्स्योरेन्सले पनि जेठ ११ गते साधारण सभा बोलाएको छ । सभा प्रयोजनार्थ आज एक दिन बुक क्लोज गर्ने भएकोले बैशाख २८ ९हिजो० सम्म कायम भएका शेयरधनीहरुले मात्र प्रस्तावित लाभांश प्राप्त गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit