२०७८ असार ९, बुधबार

img-responsive

११:२४:०२

 

आज नेपालभर ९ हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टि, २२५ को मृत्यु

गोठालो खबर
गोठालो खबर -३ २०७८ वैशाख २८, मङ्गलबार,०६:०९:PM  
img-responsive

काठमाडौं, २८ बैशाख । आज नेपालमा कोरोना भाइरसबाट ९ हजार ४ सय ८३ जना संक्रमित भएका छन् । योसंगै कुल संक्रमितको संख्या ४ लाख १३ हजार १ सय ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ५ हजार २ सय २५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ३ लाख १२ हजार १९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संक्रमणबाट आज थप २२५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको मन्त्रालयले जनाएको छ ।

आजसम्म २६ लाख ७२ हजार ७ सय २६ जनाको पिसीआर परीक्षण भएको छ भने ९७ हजार ८ जनाको उपचार भइरहेको छ ।  त्यस्तै क्वारेन्टिनमा बस्नेको संंख्या ४,0८४ रहेको छ ।

थप जानकारीको लागि तलको चार्ट हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit