२०७८ असार १०, बिहीबार

img-responsive

१२:२१:२३

 

कालिमाटी तरकारी बजार बन्द

गोठालो खबर
गोठालो खबर -१ २०७८ वैशाख २८, मङ्गलबार,०५:३४:PM  
img-responsive

काठमाडौं, २८ बैशाख । कालिमाटी तरकारी बजार आजदेखि बन्द हुने भएको छ । काठमाडौंं उपत्यकामा कोरोना संक्रमणदर तीव्र रूपमा बढ्दै गएपछि कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले लकडाउन अवधिभरका लागि आज देखि बन्द गरेको हो ।

समितिले आज एक सूचना प्रकाशित गर्दै कृषक  बजार बन्द गरेको जानकारी दिएको हो । समितिले जारी गरेको सूचनामा भनिएको छ, ‘जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयअनुसार लकडाउन अवधिभर कालिमाटी बजार समितिले तरकारी तथा फलफूल पसल बन्द रहनेछ ।’

आजदेखि लागु हुने गरी कृषक बजार, बैशाख २९ गतेदेखि थोक खुद्रा कारोबार र बैशाख ३० गतेदेखि लागु हुनेगरी खुद्रा बजार बन्द गर्ने निर्णय पनि गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit