२०७८ असार १०, बिहीबार

img-responsive

१२:३८:४८

 

काठमाडौँ उपत्यकामा निषेधाज्ञा लम्बियो, जेठ १३ गतेसम्म कायम रहने

गोठालो खबर
गोठालो खबर -१ २०७८ वैशाख २८, मङ्गलबार,०२:१८:PM  
img-responsive

काठमाडौँ, २८ वैशाख। काठमाडौँ उपत्यकामा निषेधाज्ञा लम्बिएको छ। हाल जारी रहेको निषेधाज्ञा १५ दिन थपिए संगै अब जेठ १३ गतेसम्म निषेधाज्ञा कायम रहने छ। कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिने क्रम रोकिएको छैन।  

दैनिक ८ देखि ९ हजार भन्दा बढीको हाराहारीमा नयाँ कोरोना संक्रमितको संख्या बढ्दो छ।  काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको हो । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा पहिलो पटक वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञाको आदेश जारी गरेका थिए । त्यसपछि निषेधाज्ञा एक हप्ता थप गरेर वैशाख २९ गतेसम्म पुर्‍याइएको थियो ।

तीनवटै जिल्लाका प्रमुखहरूको बैठकले राष्ट्रिय प्राथमिकताका विकास आयोजनाबाहेकका अन्य सबै निर्माण कार्य रोक्ने समेत निर्णय गरेको छ । निषेधाज्ञाको समयवधी थपिए संगै पार्टी प्यालेसहरूमा विवाह, व्रतबन्ध, भोज र अन्य कार्यक्रम नगर्न, नगराउन भनेको छ। यदि घरमै गर्नु पर्ने भएमा १० जना भन्दा बढी सहभागी हुन नपाइने व्यवस्था गरेको छ ।

दोस्रो पटकको निषेधाज्ञा सकिन एक दिनअघि प्रजिअहरुको बैठकले १५ दिन सम्मको लागि पुनः  निषेधाज्ञा थप गरेको हो । निषेधाज्ञामा औषधि पसल दिनभर तथा अत्यावश्यक खाद्यवस्तु, तरकारीका पसल आदि बिहान ९ बजेसम्म मात्र खोल्न पाइने व्यवस्था गरेको छ । अत्यावश्यक सेवाबाहेकका सवारीसाधन सञ्चालनमा समेत रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit