२०७८ असार १०, बिहीबार

img-responsive

१२:१९:५९

 

दोलखा भीमसेनलाई १९ औं पटक पसिना आयो

गोठालो खबर
गोठालो खबर २०७८ वैशाख २५, शनिबार,०५:५५:PM  
img-responsive

काठमाडौं, २५ वैशाख । दोलखा भीमसेनलाई १९ औं पटक पसिना आएको छ । आज दिउँसो साँढे १२ बजे भीमसेनको मूर्तिलाई पसिना आएको हो । पसिना आएको पुजारीले जानकारी दिएपछि सुरक्षाकर्मीले चासो दिएको छ । पसिना आएको जानकारी प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई पनि पुगेको छ

दोलखा भीमसेनलाई पसिना आएमा अनिष्ट हुने धार्मिक विश्वास छ । अनिष्ट टार्न राष्ट्रप्रमुखका तर्फबाट क्षमा पूजा गर्ने प्रचलन छ । प्रशासनले क्षमा पूजाको तयारी गरेको छ ।

गत वर्ष कोरोना भाइरसको पहिलो लहरका बेलामा पनि पसिना आएको थियो । दरबार हत्याकाण्ड र महाभूकम्पलगायत विभिन्न अनिष्टको समयमा दोलखा भीमसेनलाई पसिना आएको थियो । मंसिर महिनामा पनि १७ औ. पटक दोलखा भिमसेनलाई पसिना आएको थियो । 

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit