२०७८ असार ९, बुधबार

img-responsive

१०:४८:२७

 

स्थानीय जनप्रतिनिधिहरुले प्रतिबद्दता पुरा गरेनन्, सडक नबन्दा जनतालाई सास्ती

गोठालो खबर
एम. डी. मोजिबुल्लाह , रौतहट , २०७८ वैशाख २३, बिहीबार,०७:००:PM  
img-responsive

रौतहट, २३ बैशाख । प्रदेश नम्बर-२अन्तर्गत रहेको रौतहट जिल्लाको सदरमुकामसँग जोडिएका ईशनाथ नगरपालिकाको मेयर संतोष मेहताको गाउँकै सडक मर्मत सम्भार नहुँदा हिलाम्मे भएको छ।

ईशनाथ नगरपालिकाको कार्यालय औरैया स्थित देखि उत्तर तर्फ रहेको नगर सीमा समाप्त वडा नम्बर-९ डुमरिया टोलको सडक सामान्य वर्षामा पनि पानीको निकास नभएपछि हिलाम्मे हुने र त्यसकै परिणाम स्वरुप आम जनतालाई आवतजावतमा कठिनाइ भएको छ। मेयर मेहताको आफ्नो गाउँकै टोलमा जनता सास्ती भोग्दै आएपनी उनले कानमा तेल हालेर बसेको स्थानीयको गुनासो रहेको छ।

ईशनाथ नगरपालिकाको प्रत्येक नगर सभा हुनेमा वडा नम्बर-९ डुमरियाका वडा अध्यक्ष राम बाबु राय यादवले बजेट विनियोजन गर्दै आएको तर सडक नालामा विनियोजन गरिएको बजेट बैशाख महिनामा भित्र बजेट रकामान्तर गरेर अर्को काममा बजेट लग्ने गरेको स्थानीयहरूले बताएका छन् ।

मेयर संतोष मेहता र वडा अध्यक्ष राम बाबु राय यादवले डुमरिया स्थितिका गोरेटो अर्थात् मूल सडकसंग  जोडिएको साना बाटोघाटोलाई समयमै मर्मत एवं सम्भार नगरेको सर्वविदितै रहेको तस्बिरले नै दर्शाउछ।

ईशनाथ नगरपालिका वडा नम्बर-९ का डुमरिया स्थितिका टोलमा छिर्न बाहिरीबाट आएको आगन्तुक एवं गाउँलेहरुलाई सडक हिलो भएर हिँड्न कठिनाई भइरहेको छ। प्रत्येक वर्ष वर्षा हुनाले सडकमा पानी जम्मा भएपछि पानीको स्तर पढ्दै जाँदा घर-घरमै पानी जाने गरेको स्थानीयको गुनासो रहेको छ ।

चुनावको समयमा स्थानीय जनताहरुको घर-घरमा गएर जनताहरूलाई विभिन्न विकास कार्यको आश्वासन दिँदै चुनाव जित्ने तर जितेपछि उक्त विकासका आश्वासनहरु कुनै पुरा नगर्ने गरेको स्थानीयहरू गुनासो गरेका छन् ।चुनावी प्रतिबद्धताअनुसार कुनै विकास निर्माण कार्य नगर क्षेत्र भरीमै देखिएको छैन तर सार्वजनिक स्थलमा पुग्दा विकासै विकासको नहर बगेको मेयर एवं जनप्रतिनिधिहरू प्रतिक्रिया दिन्छन् ।

पूर्वाधार विकासको चुनौती दिँदै नगर विकासका विनियोजन गरेको बजेटलाई आफू मनोमानी मेयर सन्तोष मेहताले दुरुपयोग गरेको र सो कार्यलाई निरन्तरता दिँदै गरेकोमा स्थानीयले यस्ता कार्यहरूलाई बढवा नदिन समाचारको माध्यमबाट सचेत गराएको हो। समयै मेयर मेहता न सच्चिए वडावासीहरू बाध्य भएर प्रतिकारमा उत्रने स्थानीयहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit