२०७८ वैशाख २९, बुधबार

img-responsive

०१:१०:४२

 

पश्चिम  नवलपरासीको तीन स्थानीय तहमा आईसोलेन्स संचालन 

गोठालो खबर
गौरीशंकर जयसवाल , २०७८ वैशाख २१, मङ्गलबार,०५:१५:PM  
img-responsive

परासी , २१ वैशाख । पश्चिम  नवलपरासीमा नयाँ भेरियन्ट  कोरोना सङ्क्रमित बढ्न थालेपछि  बेड अभाव हुन नदिनको लागि स्थानीय तहहरू आईसोलेन्सन सेन्टर संचालन गरेका छन् । पश्चिम नवलपरासीको सुनवल नगरपालिका र पाल्हीनन्दन गाउँपालिकाले अक्सिजनसहितको आईसोलेसन सेन्टर सञ्चालनमा ल्याएको हो ।रामग्राम नगरपालिकाले अक्सिजनसहितको बीस बेडको आईसोलेन्स संचालनको तयारी गरिएको छ । 

पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रको प्रत्यक्ष निगरानीमा सोही केन्द्रको नयाँ भवनमा अक्सिजनसहितको दश बेडको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ ।सञ्चालनमा आएको उक्त सेन्टरमा हाललाई पाँच बेडमा अक्सिजनको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष बैजु गुप्ताले बताए । आईसोलेसनका लागि एक जना चिकित्सक सहित स्वास्थ्यकर्मी भर्ना गर्ने प्रक्रिया पनि चलिरहेको गाउँपालिकाले जनाएको छ ।

उक्त आइसोलेसन केन्द्र सञ्चालनमा आएपछि अस्पतालको चाप कम हुनुका साथै अक्सिजन र बेड अभावमा ज्यान गुमाउने अवस्था कम हुने बताउँदै  आइसोलेसनले बेड नपाएर छटपटाइरहेका बिरामीलाई राहत पुग्ने जनाउँदै सङ्क्रमण समुदाय स्तरमा फैलिसकेकोले यसको रोकथाम र नियन्त्रणका लागि आफूहरू दिनरात खटिएको जानकारी दिए ।

बिरामी ल्याउनका लागि आवश्यक परे निःशुल्क एम्बुलेन्स सेवासमेत प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit