२०७८ वैशाख २९, बुधबार

img-responsive

०२:१७:२४

 

शेयरबजारमा सामान्य अंकले करेक्सन, एनसीसी बैंकको सर्वाधिक कारोबार

गोठालो खबर
गोठालो खबर -१ २०७८ वैशाख २१, मङ्गलबार,०४:५३:PM  
img-responsive

काठमाडौं, २१ बैशाख । आज नेप्सेमा सामान्य अंकले करेक्सन भएको छ । मंगलबार नेप्से १।९४ अंकले बढेर २६ सय ५४ दशमलव ६९ विन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि दशमलव ३२ अंकले बढेर ४ सय ७५ दशमलव ४४ विन्दुमा पुगेको छ ।

नेप्से परिसूचक अनुसार आज २३१ कम्पनीको ६८ हजार ३१९ पटक कारोबार भएर ६ अर्ब ५२ करोड २३ लाख ६ हजार ८११ रुपैयाँ बराबरको १ करोड ३ लाख १५ हजार १८३ प्रतिकित्ता शेयर खरिद बिक्री भएको छ । आज ७ कम्पनीको नेप्से सूचक घटेका छन् भने ५ कम्पनीको सूचक बढेका छन् । सबैभन्दा धेरै व्यापार समूहको ९२ दशमलव ९३ अंकले बढेको हो ।

आज एनसीसी बैंकको कारोबार सर्वाधिक भएको छ । बैंकको ३६८ रुपैयाँ प्रतिशेयर मूल्य कायम भई आज २३ करोड ९ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ । त्यस्तै, अरुण कावेली पावरको २१ करोड ८३ लाख, ग्रामिन विकास लघुवित्तको १८ करोड र निफ्राको १६ करोड भन्दा बढीको शेयर कारोबार भएको छ ।

आज समता लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशतले सर्किट लागेको छ । संस्थाको आज ५५ रुपैयाँले शेयर मूल्य बढेर ६०५ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, महिला लघुवित्त संस्था लिमिटेडको १० प्रतिशतले शेयर मूल्य वृद्धि भएको छ । ३ सय ७८ रुपैयाँले प्रतिशेयर मूल्य बढेर ४१ सय ५८ रुपैयाँ कायम भएको छ । आज विशाल बजार कम्पनी, सपोर्ट माइक्रोफाइनान्स, राधी विद्युत कम्पनी, रुरु जलविद्युतको ९ प्रतिशत भन्दा बढी सर्किट लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit