२०७८ वैशाख २९, बुधबार

img-responsive

०२:४४:५३

 

काठमााडौं उपत्यकामा थप कडाई गर्ने, वैशाख २९ गतेसम्म निषेधाज्ञा थप

गोठालो खबर
गोठालो खबर -१ २०७८ वैशाख २१, मङ्गलबार,०३:५५:PM  
img-responsive

काठमाडौं, २१ वैशाख । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले वैशाख २९ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । आज उपत्यकाका तीनैवटा जिल्लाका प्रमुख अधिकारीको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

२ दिन अगाडी मात्र मन्त्रिपरिषद्को बैठकले २ हप्ता निषेधाज्ञा थप गर्न प्रशासनलाई निर्देशन दिएको थियो । यसको साथै आजको बैठकले बिहान १० बजेबाट पसल खोल्ने समय घटाएर बिहान ९ बजे बन्द गराउने निर्णय गरेको छ । बेलुका पसल खोल्न नपाइने भएको छ ।

नेपालमा कोरोना भाइरसको दोस्रो भेरियन्ट बढेसँगै संक्रमण बढ्न नदिन सरकारले काठमाडौं उपत्यकाका तीन जिल्लामा वैशाख १६ गतेदेखि एक हप्ताको लागि निषेधाज्ञा जारी गरेको थियो । सात दिनका लागि जारी गरिएको निषेधाज्ञा भोलि राति १२ बजे सकिँदै छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit