२०७८ वैशाख २९, बुधबार

img-responsive

०२:३२:२६

 

यौन दुर्व्यवहार गरेको आरोपमा ५० वर्षीय पुरुष पक्राउ

गोठालो खबर
गोठालो खबर -१ २०७८ वैशाख २१, मङ्गलबार,०३:३८:PM  
img-responsive

ओखलढुंगा, २१ वैशाख । यौन दुर्व्यवहार गरेको अभियोगमा ५० वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । १५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा सुनकोशी गाउँपालिका-४ डिन्डुक टोल बस्ने ५० वर्षीय सुइमरे भन्ने राजेन्द्र राई सोमबार दिउँसो पक्राउ परेका हुन् ।

राजेन्द्रले ती किशोरीलाई गत बुधवार यौन दुर्व्यवहार गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit