२०७८ वैशाख २९, बुधबार

img-responsive

०१:०५:४६

 

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक सुरु, निषेधाज्ञा थप कडाइ गर्ने तयारी

गोठालो खबर
गोठालो खबर -१ २०७८ वैशाख २१, मङ्गलबार,०३:२९:PM  
img-responsive

काठमाडौं, २१ बैशाख । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक भर्खरै सुरु भएको छ । आज बैठकले निषेधाज्ञाको समीक्षा गर्दै थप कडाइको साथ निषेधाज्ञा बढाउने निर्णय गर्ने बुझिएको छ ।

नेपालमा कोरोना भाइरसको दोस्रो भेरियन्ट बढेसँगै संक्रमण बढ्न नदिन सरकारले काठमाडौं उपत्यकाका तीन जिल्लामा बैशाख १६ गतेदेखि एक हप्ताको लागि निषेधाज्ञा जारी गरेको थियो । सात दिनका लागि जारी गरिएको निषेधाज्ञा भोलि राति १२ बजे सकिँदै छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit