२०७८ वैशाख २९, बुधबार

img-responsive

०२:१३:५२

 

निषेधाज्ञामा तरकारीको मूल्य कति ?

गोठालो खबर
गोठालो खबर -१ २०७८ वैशाख २१, मङ्गलबार,०३:१७:PM  
img-responsive

काठमाडौं, २१ बैशाख । नेपालमा कोरोना संक्रमणदर बढ्दै गएपछि सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको छ । सोमबारमात्र ७ हजार ४४८ जना कोरोना संक्रमित थपिएपछि थप संकट देखिएको छ ।

निषेधाज्ञाको असर अत्यावश्यक वस्तुहरूमा पर्दै गएको कारण उपभोक्ताहरू मारमा पर्ने देखिन्छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अनुसार आज अंगुरको मूल्य प्रतिकेजी ३० रुपैयाँले बढेर २५० रुपैयाँ पुगेको छ । त्यस्तै, सोमबार २६० रुपैयाँमा किनबेच भएको अनारको मूल्य आज ३० रुपैयाँले बढेर २९० रुपैयाँमा खरिद बिक्री भएको छ ।

यसैगरी, काक्रोको मूल्य प्रतिकेजी ५० रुपैयाँ, कागती प्रतिकेजी २५०, केरा दर्जनको ११०, सुकेको खुर्सानी ३४०, कुरिलो ६ सय रुपैयाँ रहेको छ ।

गोलभेँडा सानो १५ रुपैयाँ प्रतिकेजी, गाजर ६० रुपैयाँ, घिउ सिमी ५० रुपैयाँ र घिरौँला ३० रुपैयाँ रहेको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit