२०७८ वैशाख २९, बुधबार

img-responsive

०१:५५:२२

 

मेगा बैंकका ग्राहकलाई ग्रिन बुटी ब्राण्डको म्याट्रेस खरिदमा सुविधा

गोठालो खबर
गोठालो खबर -१ २०७८ वैशाख २१, मङ्गलबार,०२:३२:PM  
img-responsive

काठमाडौं, २१ वैशाख । आफ्ना क्रेडिट कार्डका ग्राहकहरूलाई ग्रिन बुटी ब्राण्डका म्याट्रेस खरिद गर्न मेगा बैंक नेपाल लिमिटेडले किस्ताबन्दी सुविधा सुरु गरेको छ । आई बोस ग्लोबल लाइफ इन्टरनेशनलसँग शुक्रवार सम्झौता गर्दै बैंकले किस्ताबन्दीमा म्याट्रेस खरिद गर्ने सुविधा ल्याएको हो ।

बैंकको अनुसार ग्राहकहरूले भौतिक रूपमा तथा आईबोस लाइफ डटकमबाट पनि म्याट्रेस खरिद गर्न सक्नेछन् । यसरी किस्ताबन्दीमा खरिद गरेबापत बैंकको ब्याज निःशुल्क गरिएको छ भने कुल मूल्यको शतप्रतिशतसम्म फाइनान्सिङको सुविधा उपलब्ध गराएको जनाएको छ । ग्राहकहरूलाई छ महिना तथा एक वर्ष गरी दुई वटा किस्ताबन्दीको सुविधा दिइएको बैंकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit