२०७८ वैशाख २९, बुधबार

img-responsive

०२:३८:५४

 

आज २ सयले बढ्यो सुनको मूल्य

गोठालो खबर
गोठालो खबर -१ २०७८ वैशाख २१, मङ्गलबार,११:४९:AM  
img-responsive

काठमाडौं, २१ बैशाख । नेपाली बजारमा सुनचाँदीको भाउ केही दिन यता थपघट हुँदै आएको छ । आज सुन प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

सोमबार प्रतितोला ९० हजार ४ सय रुपैयाँमा खरिद बिक्री भएको छापावाल सुन आज प्रतितोला ९० हजार ६ सय रुपैयाँ कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, ८९ हजार ९ सय रुपैयाँमा हिजो कारोबार भएको तेजाबी सुन आज २ सयले बढेर ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघको अनुसार सोमबार प्रतितोला १३ सय रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले बढेर १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit