२०७८ वैशाख २९, बुधबार

img-responsive

०१:३०:३६

 

लागूऔषध सहित पक्राउ

गोठालो खबर
गोठालो खबर -१ २०७८ वैशाख २०, साेमबार,०६:०४:PM  
img-responsive

काठमाडौं, २० बैशाख । नियन्त्रित लागूऔषध सहित २ जनालाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 काठमाडौं डल्लुबाट नियन्त्रित लागूऔषध ६३ एम्पुल नुर्फिन, ५८ एम्पुल डाइजेपाम र ६५ एम्पुल फेनारगन सहित २ जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरूमा बैतडी डिलासैनी गाउँपालिका–३ स्थायी ठेगाना भएका २८ वर्षीय प्रेम राम ओड र दार्चुला महाकाली नगरपालिका–९ स्थायी ठेगाना भएका २७ वर्षीय नरेन्द्र सिंह नगारी रहेका छन् ।

बा.३२ प ३०५७ नम्बरको मोटरसाइकललाई लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार उनीहरूलाई झोलामा लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

उनीहरूमाथि लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको उक्त ब्युरोले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit