२०७८ वैशाख २९, बुधबार

img-responsive

०१:५८:५२

 

युवतीलाई लाईट देखाएको विषयमा विवाद: एकको हत्या

गोठालो खबर
गोठालो खबर -१ २०७८ वैशाख २०, साेमबार,०३:४७:PM  
img-responsive

गुल्मी, २० बैशाख । होटेल संचालकको हत्या गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको  छ । ईश्मा गाउँपालिका–२ घर भई सोही गाउँपालिका–१ छिनुवा खोलास्थित न्यू भूमरी होटेलका सञ्चालक २३ वर्षीय मोती बहादुर कुँवरको हत्या गरेको अभियोगमा ३ जना शुक्रवार पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा ईश्मा गाउँपालिका–१ बस्ने २० वर्षीय सुशील कुमार र सोही ठाउँ बस्ने १८ वर्षीय २ जना किशोरहरू रहेका छन् ।

२०७७ भदौ २२ गते बिहान मोती बहादुरलाई उनकै होटेलभित्र रगताम्य भई बेहोस अवस्थामा उनकै दाइ यम बहादुर कुँवरले फेला पारी तत्काल उपचारका लागि जिल्ला अस्पताल तम्घासमा लगेकोमा उपचारको क्रममा मोति बहादुरको मृत्यु भएको थियो । उक्त घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

सूक्ष्म अनुसन्धानको क्रममा २०७७ भदौ २१ गते राति मोती बहादुरको होटेलमा रक्सी पिउने क्रममा २०७७ भदौ ३ गते राति तिजको मेला हेर्न राहाले जाने क्रममा मोती बहादुरले बाटोमा बसेका युवायुवतीलाई लाईट देखाएको विषयमा उनीहरूबिच झगडा हुँदा उक्त घटना भएको खुल्न आएको प्रहरीले जनाएको छ ।

उनीहरूमाथि जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit