२०७८ वैशाख २९, बुधबार

img-responsive

०२:५४:३२

 

बलिडबाट किनारा लागेकी रियालाई साउथ फिल्ममा अफर

गोठालो खबर
गोठालो खबर -१ २०७८ वैशाख २०, साेमबार,०३:३१:PM  
img-responsive

एजेन्सी । बलिउड कलाकार सुशान्त सिंह राजपुतको निधनसँगै उनकी प्रेमिका रिया चक्रवर्तीको जीवनमा ठुलो भुईँचालो आयो । प्रेमीको निधनपछि रियालाई लागेको आरोपले उनको व्यक्तिगत तथा प्रोफेशनल जीवन दुवैमा गहिरो असर गरेको छ ।

प्रेमीको निधन भएसँगै रियाको जिन्दगीमा उथलपुथल चलिरहेको छ । उनलाई बलिउड जगतबाट नै किनारा लगाउन खोजिएको देखिएको छ ।

तर अब भने रियालाई साउथ फिल्म उद्योगबाट नयाँ प्रोजेक्टको लागि अफर आएको समाचार आएको छ । तेलुगु फिल्मका ए–लिस्ट कलाकार अंध्राले रियासँग काम गर्ने इच्छा देखाएको बुझिएको छ । उनले एक कार्यक्रममा बोल्दै रियालाई साउथ फिल्ममा स्वागत गर्न आतुर रहेको बताए । उनले रिया प्रतिभाशाली र मायालु कलाकार भएको धारणा राखे । उनले अरु बलिउड कलाकारहरूले जसरी रियाले फी नलिने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit