२०७८ वैशाख २९, बुधबार

img-responsive

०२:४२:४८

 

निषेधाज्ञामा तरकारीको मूल्य यस्तो

गोठालो खबर
गोठालो खबर -१ २०७८ वैशाख २०, साेमबार,०३:१३:PM  
img-responsive

काठमाडौं, २० बैशाख । कोरोना भाइरसको दोस्रो लहर बढेसँगै दिनहुँ संक्रमितको संख्या तीव्र रूपमा बढेको छ । संक्रमण नियन्त्रणको लागि सरकारले उपत्यकामा निषेधाज्ञा जारी गरेको छ । तरकारी तथा अत्यावश्यक चीज किनमेलको लागि साँझ बिहान बजार खुलाएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अनुसार आज अदुवाको मूल्य प्रतिकेजी ९० रुपैयाँ रहेको छ । त्यस्तै, लोकल गोलभेँडाको मूल्य प्रतिकेजी २० रुपैयाँ, घिउ सिमीको मूल्य प्रतिकेजी ५० रुपैयाँ, घिरौँला प्रतिकेजी २५ रुपैयाँ रहेको छ ।

यसैगरी, डल्ले च्याउको मूल्य प्रतिकेजी १ सय ५० रुपैयाँ, ठुलो गोलभेँडा प्रतिकेजी ४० रुपैयाँ, तितेकरेला २० रुपैयाँ प्रतिकेजी र न्युरो ९० रुपैयाँ प्रतिकेजी रहेको तरकारी बजार समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit