२०७८ वैशाख २९, बुधबार

img-responsive

०१:१९:०९

 

एनआईसी एशियाका ग्राहकले अनलाईनबाट सामान किन्दा छुट पाउने

गोठालो खबर
गोठालो खबर -१ २०७८ वैशाख २०, साेमबार,०२:५७:PM  
img-responsive

काठमाडौं, २० बैशाख । निषेधाज्ञाको समयमा एनआईसी एशिया बैकका ग्राहकले ५ वटा अनलाईनबाट सामान किन्दा छुट पाउने छन् । बैंकको अनुसार निषेधाज्ञाको समयमा बैंकले आफ्ना ग्राहकलाई घरमै बसेर विभिन्न अनलाईनमार्फत अत्यावश्यक सामग्री खरिद गर्दा १५ प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्म नगद फिर्ताको योजना सार्वजनिक गरेको हो ।

यो योजना २०७८ वैशाख ३१ सम्म मात्र लागू हुने छ । बैंकले सस्तोडिल, ग्यापु, रिचार्जर, इन्फी स्टोर र खानेपीन फुड्स् एण्ड टुर्सबाट दैनिक अत्यावश्यक सामग्रीहरू खरिद गर्दा नगद फिर्ता प्राप्त गर्न सकिने व्यवस्था गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit