२०७८ वैशाख २९, बुधबार

img-responsive

०१:५६:०८

 

आर्थिक अवस्था कमजोर हुनेले मात्र सम्पर्क गर्न आग्रह गर्दै निखिल लगायतका कलाकारको निःशुल्क कोभिड एम्बुलेन्स सेवा संचालन

गोठालो खबर
गोठालो खबर -१ २०७८ वैशाख २०, साेमबार,०२:५२:PM  
img-responsive

काठमाडौं, २० बैशाख। नेपाल लगायत केही देशहरूमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएको छ । दैनिक हजारौँ व्यक्तिहरू संक्रमित भएका छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या पनि नेपालमा ३३ सय २५ पुगेको छ । देशभर ४७७ जनाको आईसीयुमा उपचार भइरहेको छ भने १३१ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको तथ्याङ्क छ ।

सबै अस्पताल संक्रमितले भरिएका छन् । अस्पतालमा अक्सिजन सहितको एम्बुलेन्सको अभाव भएपछि नेपाली कलाकारहरू पनि सहयोगका लागि अघि बढेका छन् । कलाकारहरू निखिल उप्रेती, केदार घिमिरे र पाइलट विजय लामाले निःशुल्क अक्सिजनसहितको एम्बुलेन्स सेवा सुरु गरेका छन् । उनीहरूले निजी सवारी नहुने र एम्बुलेन्सको खर्च तिर्न नसक्नेले मात्र सम्पर्क गर्न आग्रह गरेका छन् ।

हामिले काठमाडौँ उपत्यकामा २४ सै घण्टा निःशुल्क कोभिड एबुलेन्स सेवा  (साथमा अक्सिजन) सहित सञ्चालन गरेका छौ । सम्पर्क नम्बरहरु : ९८५१२७७३४२ / ९८५१२३९३४२ / ९८५१३१२४१७ 

कृपया जसको निजी सावरी साधन छैन जो एबुलेन्सको खर्च तिर्न सक्नु हुन्न उहाँहरूले सम्पर्क गर्नु होला ।यो कार्यक्रम संचालकहरु सबैलाई धन्यवाद

१) ॐ समाज डेन्टल अस्पताल

२) सर्बेन्द्र खनाल (पूर्व आईजिपी नेपाल प्रहरी)

३) ज्ञानेन्द्र शाही (हाम्रो नेपाल हामी नेपाली संयोजक)

४) पाईलट  बिजय लामा (क्याप्टेन नेपाल वायु सेवा)

५) निखिल उप्रेती (नेपाली सिनेमामा कगउभच कतबच नायक)

६) सञ्चिता लुइँटेल (नेपाली सिनेमामा नायिका)

७) केदार घिमिरे ‘माग्ने बुढा’ (कलाकार)

८) डाः सुबास घिमिरे  

९) कर्ण बहादुर शाही (पूर्व अध्यक्ष एन प्याब्सन)

१०) सन्जय राज अधिकारी (अधिवक्ता)

११) रामहरि शर्मा (अध्यक्ष पर्यटन यातायात महासंघ)

१२) देवेन्द्र  प्रधान (यातायात विज्ञ एबंम राप्रपा नेता)

१३) बिराज समाज सेवा

१४) खगेन्द्र थापा (हाम्रो नेपाल हामी नेपाली अन्तर्राष्ट्रिय संयोजक ) 

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit