२०७८ वैशाख २९, बुधबार

img-responsive

१२:५४:५४

 

सिद्धार्थ बैंकले संचालन गर्‍यो नयाँ वेबसाइट

गोठालो खबर
गोठालो खबर -१ २०७८ वैशाख २०, साेमबार,०१:४६:PM  
img-responsive

काठमाडौं, २० बैशाख । सिद्धार्थ बैंकले वेबसाइटलाई परिष्कृत र परिमार्जन गरेर संचालनमा ल्याएको छ । बैंकले आधिकारिक वेबसाइट प्रयोगकर्ताहरूलाई डिजिटल सेवा, सुविधा तथा सूचनाहरूको बारेमा जानकारी दिन र अझ बढी ग्राहकमैत्री बनाउन संचालनमा नयाँ वेबसाइट ल्याएको जनाएको छ ।

बैंकको अनुसार आधुनिक र नवीनतम प्रविधि प्रयोग गरेर बनाइएको नयाँ वेबसाइट सबै किसिमका ब्राउजरमा सहजै रूपमा मोबाइल एवं कम्प्युटरबाट चलाउन मिल्ने गरी विकास गरिएको छ । ग्राहकहरूको कुनै पनि गुनासो तथा विषयहरूलाई सहज ढङ्गले सम्बोधन गर्न च्याट, हेल्प डेस्क, क्विक डायल जस्ता एप्लिकेशनहरु राखिएको बैंकले बताएको छ ।

यसैगरी, बैंकले नयाँ वेबसाइटको सुरुवातसँगै नागरिक एपसँगको सहकार्यमा बैंकको वेबसाइटबाट नागरिक एप मार्फत अनलाइन खाता खोल्न सकिने सुविधा समेत सुरुवात गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit