२०७८ वैशाख २९, बुधबार

img-responsive

०१:३५:१४

 

आज सुनचाँदीको भाउ कति ?

गोठालो खबर
गोठालो खबर -१ २०७८ वैशाख २०, साेमबार,११:२९:AM  
img-responsive

काठमाडौं, २० बैशाख । नेपाली बजारमा सुनचाँदीको भाउ केही दिन यता थपघट हुँदै आएको छ । आज सुन प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।

आइतबार प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९० हजार ४ सय रुपैयाँ खरिद बिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको  छ ।

त्यस्तै, ८९ हजार ५ सय रुपैयाँमा हिजो कारोबार भएको तेजाबी सुन आज ४ सयले बढेर ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघको अनुसार आइतबार प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर १३ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit