२०७८ वैशाख २९, बुधबार

img-responsive

०२:४५:३५

 

सलमान खानको चुम्बन भाइरल

गोठालो खबर
गोठालो खबर -१ २०७८ वैशाख १९, आइतबार ,०३:४२:PM  
img-responsive

एजेन्सी, १९ बैशाख ।  बलिउड स्टार सलमान खानको बहुप्रतिक्षित फिल्म ‘राधे: योर मोस्ट वान्टेड भाइ’ को दर्शकहरू व्यग्र प्रतीक्षामा छन् । यो फिल्ममा सलमानले फेरी पनि एक पटक दिशा पटानीसँग अभिनय गरेका हुन् ।

केही दिन अघि मात्र रिलिज भएको फिल्मको ट्रेलरलाई दर्शकहरूले निकै मन पराएका छन् । फिल्मको ट्रेलरपछि सलमान र दिशाको ‘सिटी मार’ गीत रिलिज भएको थियो । निर्माताले फिल्मको ट्रेलर र गीतको भिडियो रिलिज पछि फेरी एक भिडियो शेयर गरेका छन् । जसमा सलमान र दिशाको उमेरको बारेमा कुरा भइरहेको छ

फिल्मको ट्रेलरमा सलमानको चुम्बनको सिन थियो । चुम्बनको सिन भाइरल बनेपछि यस विषयमा सलमानले प्रतिक्रिया दिएका छन्, ‘यस फिल्ममा चुम्बन पक्कै छ तर दिशासँग होइन ।’ फिल्ममा सलमान र दिशासँगै रणदीप हुड्डा र जैकी श्राफको पनि मुख्य भूमिका रहेको छ । 

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit