२०७८ वैशाख २९, बुधबार

img-responsive

०३:१३:२२

 

प्रियंका र निकले कोविडविरुद्व सहयोगको लागि एकैदिन जुटाए साढे २ करोड

गोठालो खबर
गोठालो खबर -१ २०७८ वैशाख १९, आइतबार ,०३:३३:PM  
img-responsive

एजेन्सी, १९ बैशाख । बलिउड चर्चित अभिनेत्री प्रियंका चोपडा र उनका पति तथा अमेरिकी गायक निक जोनस पछिल्लो समय कोविडविरुद्वको सहयोगमा जुटेका छन् । अमेरिकाबाट यी जोडीले भारतका कोरोना संक्रमितको सहयोगार्थ केही दिन अगाडी कोविड–१९ कोष स्थापना गरेका थिए । उक्त कोषमा २४ घण्टा अर्थात् एकैदिन २ करोड ५० लाख रुपैयाँ सहयोग जुटेको छ ।

उनले एक भिडियो शेयर गर्दै लेखेकी छिन्, ‘टुगेदर फर इन्डिया’ । प्रियंकाले आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै भारतमा बढेका कोभिडको विरुद्ध लड्न ठुलो सहयोग पुग्ने पनि तर्क गरेकी छिन् । उनले जम्मा भएको उक्त रकम भारतमा कोभिड केयर सेन्टर, आइसोलेसन सेन्टर र अक्सिजन जनरेशन प्लान्ट्स निर्माण गर्ने पनि बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit